Tag: Nepali Literature

जे भयो, त्यो हुनेछैन!

“तँलाई त्यो याद छ?” “मोटाइछस् त!” “त्यो त नेता बन्यो रे!” “आज पनि एक हात पन्जा लडाई हान्ने कि?” म छिर्दै गर्दा मेरा कानमा ठोक्किन पुगेका यी सब गफहरुले होटेल अन्नपुर्णको त्यो पार्टी रुमलाई माछा बजार नै बनाएको प्रतित भइरहेको थियो।  किन किन मलाई एक्कासी सम्झना मिस को याद आयो।  “चुप्प लागेर बस्न सक्दैनौ? यो […]

Read More

दाग

हिजोको दिन र आजको दिनमा हजार ओटा फरक होला। र शायद आजको दिनमा र भोलिको दिनमा पनि अनगिन्ती। तर बिगतका हिजो हुन् या आउने भोलि, म विश्वस्त छु। हरेक दिन बिहान ७ बजेर २२ मिनेटमा, म काम गर्ने क्याफेको ढोका खुल्छ अनि एक्कासी हावामा बेग्लै सुगन्ध मिसिन्छ।  तिम्रो सुगन्ध। दायाँ पट्टिको एउटा मात्र कुर्सी भएको टेबलमा […]

Read More

मन मोहिनी

जोलाई लेख्नै आउँदैन उसले कसरि लेख्छ? लेख्छ, कोर्छ, मेट्छ, शब्दका गुछ्छा बटुल्छ, घोरिन्छ, सोचको सागरमा डुबुल्की मार्छ, अनि, फेरी शुरु गर्छ! हजार पानाले भरिएका कैंयौ पुस्तक लेखेको म, कहिले कलम नसमातेको अनपढ झैँ हुन्छु जब तिम्रो लागि दुई शब्द कोर्न बस्छु। मन मोहिनी, डरले निसास्सिन्छु, मेरा शब्दले तिमीलाई बर्णन गर्न नसकेर कतै तिमीलाई कुरुप त […]

Read More

Follow Me