Tag: Ashish Bhetwal

मायाको ब्याज

“तिम्रो छोरा त ठुलो भैसकेछ।  नाम के हो? बिहेमा नि बोलायेनौ “ उसले थाहा नपाएको झैं गरि सोधी।  मेरा फेस्बुकका भित्ता भरि म अनि मेरो छोराको तस्बिर थिए। हरेक फोटोमा उसको नाम थियो।  अनि कहिले मेरो प्रोफाइल नचहारे झैं गरि उसले यो प्रश्न तेर्स्याई। “सुबाष। ” बस् यत्ति जवाफ दिएँ। “ए राम्रो नाम रहेछ।” उसले […]

Read More

पानीका पाइला

उज्यालोमा आँखाको अगाडी सबै आउने भएर शायद भावनाका कथाहरु रातमा गाढा हुन्छन। हुन पनि हो, कसैलाई सम्झिनु पर्दा आँखा चिम्म गर्छन सबैजना। अँध्यारोमा शायद याद पनि चहकिला हुँदा हुन्। यादका खोल ओढेर उ आज पनि मेरो निन्द्रा बिथोलिरहेकी थिई। घडीमा १२ बजेर ५४ मिनेट गएको थियो। साँझ सिमसिम परिरहेको पानि अहिले मज्जाले दर्किरहेको थियो। शायद […]

Read More

Rosie…

I met her for the first time in the reception of my office. I had just joined the office as a manager of accounts department leaving my old job for a better pay and benefits. I came to office on time and waited for completing my joining formalities in the reception. I could not help […]

Read More

मनको मसान

पसिनाले मलाई लुछुप्प भिजाइसकेको थियो। गाडीको एसीले काम गरेको झैँ लागेन, त्यसैले ऐना खोलेँ। चिसो सिरेटोले उसैको नाम लिए झैँ महसुस भैरहेको थियो। उसको नाम सुन्दा खै किन हो मनमा चिसो पस्यो अनि निधारबाट पसिनाको थोपा गालामा झर्यो। बाहिर त्यति गर्मि त थिएन तर त्यो बतासमा उसको नामले मेरो शरीरको तापक्रम बढाउँदै थियो। “जेनिषा”, मेरो […]

Read More

कफी?

खै कुन चरा हो त म चिन्दिन तर ती दुइ चरा आफ्नो गुंडमा बसिरहेका थिए। पानीका थोपा अनि बेला बेला मा चल्ने हावाका बावजुद अडिग रहेको त्यो गुंड देख्दा ति चरा पक्कै गज्ज़बका सिकर्मी लाग्थ्यो। पानी पर्न थालेपछि माटोबाट सुरुमा जुन पृथ्वीको सुगन्ध आउँछ, त्यसले मलाई सधैं लठठ्याउंथ्यो। लगभग दुइ घण्टा भैसकेको थियो पानी पर्न […]

Read More

ह्याप्पी बर्थडे – फोन नउठाउने मायालु !

“आर यु अलराइट?” मलाई झक्झक्याउँदै, कसैले ममाथि प्रश्न तेर्सायो। गाडीको लागि बलेको हरियो बत्तीमा बाटो काट्न थाल्दा, आइरहेको कार बाट मलाई बचाउने त्यो मान्छेले मलाई सोधिरहेको थियो। उभ्भिन सक्ने अवस्थामा थियिन। सडकको पेटी मै थचक्क बसें। “थ्याङ्क्यु” लर्बरिएको जिब्रोले जसो तसो भनें। मेरो अवस्था उसले बुझेछ क्यारे, झोलाबाट एक बोतल पानी झिकेर मेरो छेउमा राखेर […]

Read More

आँखा झिमिक्क, माया गायब!

फ्राइडे नाइट अनि मेलबर्न, मजस्ता घरका न घाटका, कि त रक्सीको नशामा कुनै बारको कुनामा लडिरहेका हुन्छन कि त लड्न जाने सुरसार गर्दै हुन्छन। अस्ट्रेलिया आएपछि बनेको रोबोट जिन्दगी, हरेक शुक्रबार साँझ ५ बजेपछि चैं, खुला साँढे बनेको अनुभूति गराउँछ। घडीले ५ बजायो अनि म रोबोटको खोल उतारेर २५ बर्षे लक्का जवानको रुप धारण गर्दै […]

Read More

Time-Travelling ज्याकेट!

“तँ त हिमालको देशबाट आएको हैन र, सगरमाथाको देश। तँलाई नि जाडो हुन्छ र ?” मेरो कामको म्यानेजर मलाई सधैँ यहि सोध्छ। शायद उसलाई लाग्छ, नेपालमा हिमाल मात्र छन्, अनि हिऊँको कारण एकदम जाडो, अनि त्यहाँ बाट आउनेले जाडो त स्विटर बिना कटाउन सक्छन। तर त्यहि हिमालको देशको काठमाण्डौ उपत्यकाबाट ६ वर्ष पहिले मेलबर्न छिरेको […]

Read More

// निर्ममला //

प्यारो डायरी, तिमीलाई त थाहा छदै छ, मेरो नाम निर्मला हो। म २७ बर्षकी भएँ। दिदीको बिहे हुँदा बिहेको सपना देखेकी मैले, सबै सपना देख्न लायक हुँदैनन् भनेर बुझ्न बिहे पछिको एक बर्ष कुर्न पर्यो। अचेल मलाई तिमीमा लेख्न पनि डर लाग्छ। मेरा कलमले झारेका मसी तिम्रा पानालाई ग्रहण गर्न मन छ कि छैन भनेर […]

Read More

त्यो म होइन!

रातको साढे एक बजे एक्कासी मेरो मोबाइल बज्यो। हिजो राति समय मै नसुतेका मेरा आँखा, भर्खरै लागेका थिए। रातको त्यो प्रहरमा त्यसरी मेरो मोबाइलमा घन्टी बज्नु, आफैमा सामान्य थिएन। आखिर मलाई यसरि रात बिथोल्ने गरि सम्झिने कोइ भएझैं मलाई लाग्न नथालेको पनि बर्षौं भैसकेको थियो। बिहानै अफिस जानु पर्ने झोंक अनि कसैले बिगारिदिएको मेरो निन्द्रा […]

Read More

Follow Me